काठमाडौं । एञ्जल फर्टिलिटीले कुनै पनि गैरकानुनी र अनैतिक कार्यमा आफूहरुको संलग्नता नरहेको जनाएको छ । समाचारहरूमा एञ्जलका एक कर्मचारीले उमेर नपुगेका किशोरीहरूलाई अन्य फर्टिलिटी क्लिनिकहरूमा अण्डा दाताको रूपमा समावेश गराएको भन्ने जस्तो अत्यन्तै गम्भीर, तर पूर्णतः झूटा र तथ्यविहीन आरोप लगाइएको र आफूहरुको यसमा संलग्नता नरहेको जनाएको छ ।
बुधबार एक विज्ञप्ती जारी गर्दै क्लिनिकले केहि दिन देखि विभिन्न सञ्चार माध्यम तथा अनलाइन प्लेटफर्महरूमा एञ्जल फर्टिलिटी क्लिनिक र यस क्लिनिक सँग आवद्ध केही कर्मचारीहरुलाई अन्य केही फर्टिलिटी क्लिनिक उपर भइरहेको नेपाल प्रहरीको अनुसन्धानमा जोडेर भ्रामक र आधारहीन समाचारहरू प्रकाशित भएकोमा एञ्जल फर्टिलिटी क्लिनिकले आपति जनाएको छ ।
एञ्जल फर्टिलिटी क्लिनिक र यस संस्थासँग आवद्ध कुनै पनि व्यक्ति वा पक्षको यस्ता कुनै पनि गतिविधिमा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता नरहेको क्लिनिकले जनाएको छ । समाचारहरुमा उल्लेख भए बमोजिम घटनासँग सम्बन्धित भनिएका कुनै पनि पीडित वा निजहरुसँग सम्बन्धित कुनै पनि व्यक्तिहरू वा प्रतिनिधिहरु समेत हाम्रो क्लिनिकमा उपचारका लागी आएका छैनन्, न त हाम्रो चिकित्सा वा व्यवस्थापन टिम अन्य कुनै पनि घटनामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न भएको आरोप वा संलग्नता प्रमाणित नभएको विज्ञप्तीमा भनिएको छ ।
प्रशासनका अनुसार एञ्जल फर्टिलिटी क्लिनिक विगतको लामो समय देखि नै उच्च नैतिक मूल्य, कानुनी मर्यादा र बिरामीको हितलाई केन्द्रमा राखी जिम्मेवार, पारदर्शी र गुणस्तरीय सेवा प्रदान गर्दै आएको उच्च प्रतिष्ठित संस्था हो । हामीले उमेर नपुगेको महिलालाई दाताको रुपमा प्रयोग गर्ने वा अन्य कुनै किसिमको गैरकानुनी वा अनैतिक कार्य कहिले पनि गरेका छैनौं र त्यस्तो कार्यको कडा शब्दमा विरोध र भत्र्सना गर्दछौं ।
क्लिनिकले यस प्रकारका भ्रामक र आधारहीन समाचारहरूले हाम्रो संस्थाको प्रतिष्ठामा गम्भीर आघात पार्न सक्ने भएकाले, सम्बन्धित निकाय र सञ्चार माध्यमहरूसँग त्यस्तो भ्रमक समचार सच्याउन अनुरोध गरेको छ । यसका साथै सम्पूर्ण सञ्चार माध्यमसँग तथ्य र प्रमाणका आधारमा मात्रै समाचार सम्प्रेषण गर्न आग्रह गर्दछौं, ताकि अनावश्यक रूपमा संस्थाको नाम बदनाम नहोस् र सर्वसाधारणमा भ्रम नफैलियोस् । हामी सधैं पारदर्शिता, कानुनको पालना र बिरामीको सुरक्षाप्रति दृढ रुपले प्रतिबद्ध छौं प्रशासनले भनेको छ ।
