रुकुम पूर्व । रुकुम पूर्वमा जङ्गली च्याउ खाँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । सोही परिवारका अन्य दुई जना भने गम्भीर घाइते छन् ।
मृत्यु हुनेमा भूमे गाउँपालिका९५ सेराबाङका तीन वर्षीय योजन विक र छ वर्षीया भाग्यरेखा थिए । मृतकका आमा ३५ वर्षीया रामकुमारी सुनार र उहाँकी छोरी नौ वर्षीया आयुषा विकको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।
साउन २ गते जङ्गलबाट ल्याइएर च्याउ खाएर बिरामी भएकामा साउन ५ गते मात्र रुकुम पूर्व अस्पतालमा आएका थिए । अस्पतालमा उपचार हुन नसकेपछि सबैलाई जिल्ला अस्पतालले ६ गते रापती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाएको थियो । योजनको मङ्गलवार ६ गते दिउँसो र भाग्यरेखाको मङ्गलवार राति राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ भने बाँकी दुई जनालाई नेपालगन्ज भेरी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।