काठमाडौं । डेंगुका बिरामी बढ्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरू गरेको छ । सबै सरकारी कार्यालयलाई लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानहरुको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न आग्रह गरेको छ ।
मन्त्रालयले साउन, भदौं तथा असोज महिनामा डेंगुको सङ्क्रमण बढ्ने आकंलनसहित हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालय र अस्पताल परिसरमा सरसफाइ गर्नुका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको हो । जसका लागि प्रत्येक शुक्रबार ९:३० सम्म कार्यालय उपस्थित हुन कर्मचारीहरुलाई निर्देशन समेत दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले साउन ५ स्वास्थ्य मन्त्रालयलाई पठाएको पत्रमा उक्त अभियान सञ्चालन गर्न भनिएको छ ।
