काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बोआओ फोरम अन्तर्गत एसिया स्वास्थ्य फोरम २०२५ मा सम्बोधन गर्दै जलवायु परिवर्तनले स्वास्थ्यमा पारेको प्रभावलाई अन्तर्राष्ट्रिय मुद्दा बनाउने घोषणा गरेका छन ।
मन्त्री पौडेलले फोरमअन्तर्गतको जलवायु परिवर्तनले स्वास्थ्यमा पारेको असरका कारण प्रभावित नागरिकको विषयलाई उजागर गर्न जलवायु परिवर्तन र स्वास्थ्यबारे सम्मेलन गर्न लागिएको घोषणा गरे। जलवायु उत्पन्न स्वास्थ्य सङ्कटको सामना गर्न तयारीका लागि नेपालको प्रयासबारे जानकारी गराउँदै यसलाई साझा मुद्दा बनाउन नेपालले पहल गरिरहने दृढता व्यक्त गरे ।
उनले डिजिटल स्वास्थ्य रुपान्तरणमा नेपालको प्रगति र एसियाली देशहरूसँग सहकार्य गर्न तयारी रहेको बताए। आधुनिक प्रविधिद्वारा स्वास्थ्य सेवाको गुणस्तर र पहुँच बढाउने प्रयास जारी रहेको समेत जानकारि दिए । मन्त्री पौडेलले आधुनिक प्रविधिले स्वास्थ्य प्रणाली व्यवस्थापन र जोखिम नक्साङ्कनमा सुधार गर्न सक्ने उल्लेख गरे