काठमाडौँ । एचआईभी सङ्क्रमित महिलाहरूको सशक्तिकरण र क्षमता विकासका लागि दुई दिने तालीम सम्पन्न भएको छ ।
क्यानडाको युनिभर्सिटी अफ द फ्रेजर भ्यालि ९युएफभी० ले काठमाडौँमा एचआईभी संक्रमित महिलाहरुको पाँच दिने सशक्तिकरण र क्षमता विकास तालीम श्रृङ्खला सञ्चालन गरेको थियो । यसको मुख्य लक्ष्य उनिहरूलाई बलियो बनाउनु र नेतृत्व विकास गराउनु हो । उक्त तालीममा विभिन्न उमेर समूहका २७ जना एचआईभी सङ्क्रमित महिला सहभागी थिए। त्यसमा ह्युमन ट्राफिकिङमा परेका महिलाहरु समेत रहेका थिए ।
नेपालमा एचआईभी सङ्क्रमित महिलाहरूको अवस्थामा वास्तविक परिवर्तन ल्याउनका लागि समग्र समाज र राज्यको दृष्टिकोणमा गहिरो रूपान्तरणको आवश्यक रहेको युएफभीका सहायक प्राध्यापक डा। रीता ढुङ्गेलबताईन् । डा। ढुङ्गेलका अनुसार एचआईभी सङ्क्रमित महिलाहरूले समाजिक तथा मानसिक समस्या साथै आधारभूत आवश्यकताको समस्याहरू समेत भोग्नु परिरहेको छ ।
समाजमा रहेको लाञ्छना र भेदभाव हटाउन जनचेतना अझ बढाउनु आवश्यक डा। ढुङ्गेलको भनाई छ । राज्यले नीति-नियम बनाउँदा एचआईभी सङ्क्रमित महिलाहरूलाई योजना बनाउने र कार्यक्रम सञ्चालन गर्ने प्रक्रियामा प्रत्यक्ष संलग्न गराउ आग्रह गरिन् ।
अमेरिकी सहयोग नियोग (युएसएआइडी)को सहयोग रोकेपछि नेपाल प्रभावित भएको छ । युएसएआईडीले संसारका धेरै देशका सरकारी तथा गैर सरकारी संघ संस्थासंग मिलेर एचआईभी संक्रमित, क्वेर समुदाय, गर्भपतन लगायतका क्षेत्रमा धेरै सहयोग गर्दै आएको थियो । युएसएआइडी मार्फत प्राप्त हुँदै आएको सहयोग कटौती भए पछि एचआईभीर/एड्स रोकथाममा समस्या देखिन थालेको छ ।