काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा उज्जवल चालिसे नियुक्त भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चालिसेलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। उनी अब चार वर्षका लागि कार्यकारी निर्देशक भएका छन्। यसअघि उनलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त निर्देशकको जिम्मेवारी दिइएको थिए ।