काठमाडौँ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले गत असारमा ३० जनाको मृर्गौला प्रत्यारोपण शत प्रतिशत सफलताका साथ सम्पन्न गरेको छ ।
मृगौला तथा कलेजो प्रत्योरोपण शल्यचिकित्सक डा।पुकारचन्द्र श्रेष्ठले १ महिनामा यति ठूलो संख्यामा मृगौला सफलतापूर्वक प्रत्यारोपण हुनु नेपालको स्वास्थ्य क्षेत्रको लागि निकै नै गौरवको कुरा रहेको बताए । उनका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा राष्ट्रिय प्रत्यारोपण केन्द्रले १८६ मिर्गौला प्रत्यारोपण र ८ जनाको कलेजो प्रत्यारोपण गरेको छ ।
एक महिनामा यति धेरै संख्यामा मिर्गौला प्रत्यारोपण हुने अस्पतालहरु संसारमै बिरलै डा. श्रेष्ठको भनाई छ । केन्द्रकै नेतृत्वमा प्रादेशिक अस्पताल सुर्खेतमा ३, पोखरामा ३ र भेरी अस्पतालमा २ जनाको मृर्गौला प्रत्यारोपण र एक जना मस्तिष्क मृत व्यक्तिबाट प्राप्त एउटा मृर्गौला र कलेजो एकै व्यक्तिमा सफलताका साथ प्रत्यारोपण समेत गरिएको जानकारि दिए ।
मिर्गौला प्रत्यारोपण गरिएका बिरामीहरूको उमेर १४ देखि ७१ वर्षसम्म रहेको छ। जसमा मिर्गौला ग्रहणकर्ता १३६ जना पुरुष र ५० जना महिला थिए ।