बागमती । बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको छ ।
प्रदेश प्रमुखको कार्यालयद्वारा बिहीबार जारी गरिएको विज्ञप्तिअनुसार उनलाई काठमाडौंको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, धापासीमा भर्ना गरी उपचार थालिएको हो । किड्नीमा पथ्थरी देखिएपछि चिकित्सकको सल्लाहअनुसार उनलाई अस्पतालमै राखेर उपचार भैरहेको छ ।