काठमाडौँ । नेपाल औषधी उत्पादक संघ (एपोन)को ३१ औँ बार्षिक साधारण सभा आज हुँदैछ ।
आजहुने साधारण सभाबाट आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति छनौट हुने छ । एपोन को नयाँ कार्यसमितिका लागि अध्यक्ष पदमा २ जना सहित कुल १७ जनाको उम्मेद्धारी परेको छ । अध्यक्षसहितको ७ पदाधिकारी र ६ सदस्य सहित कुल १३ सदस्यीय कार्यसमितिका चयन हुने छ ।
संघका निवर्तमान अध्यक्ष प्रज्वलजङ्गका अनुसार निर्वाचनका लागि अध्यक्ष पदमा विप्लभ अधिकारी र दीपक दाहालको उम्मेद्धारी परेको छ । अधिकारी एक कार्यकाल सदस्य, दुई कार्यकाल महासचिव थिए भने दाहाल पूर्व अध्यक्ष हुन् ।
सदस्यहरुमा प्रभात रुङ्गटा, दीपककुमार टिवडेवाला, पंकजकुमार तिवारी, शरदचन्द्र ओझा, ईश्वरकुमार भण्डारी, सुमितचन्द्र श्रेष्ठ, गिरीराज पाठक गणेश र नवराज पौडेलको उम्मेद्धारी परेको छ । यस्तै शैलेश वैद्य, सजलराज रेग्मी, सुदर्शन खेगुली, पृथ्वी राज भण्डारी, सन्तोष बराल, दिनेश ठाकुर र प्रवन दाहालले पनि सदस्य पदमा उम्मेद्धारी दिएका छन् ।
निर्वाचन समितिका अनुसार यसपटक मताधिकार सहितको सदस्य संख्या ६४ रहेको छ । कुल १३ पद रहे पनि आज १७ जनाले उम्मेद्धारी दिएका छन् । एपोनका अधिकारीहरुले सकेसम्म सहमतिको प्रयास गरिने नभए निर्वाचनमा जाने मनस्थितिमा रहेका छन् ।आज ११ बजेसम्म सहमति हुन नसके दिउसो १ बजेबाट मतदान प्रक्रिया अघि बढाउने निर्वाचन समितिको योजना रहेको छ ।