काठमाडौं । तीन महिनादेखि उपकुलपतिविहीन ४ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा साउन २१ गतेदेखि उपकुलपति छनोट प्रक्रिया सुरु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको संयोजकत्वमा रहेको सिफारिस समितिले कर्णाली, पोखरा, पाटन र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनौटका लागि बिहीबार र शुक्रबार अल्पसूचीमा परेका २४ जनाको प्रस्तुतिकरण तथा अन्तर्वार्ता लिएको थियो । तर अन्तर्वार्ता गरेपनि तीन जनाको नाम सिफारिस गर्न मुश्किल परेको स्वास्थ्य मन्त्रालयले स्रोतले बताएको छ।
स्वास्थ्यमन्त्री पौडेलको संयोजत्वमा असार ४ गते सर्च कमिटी गठन गरेको थियो । समितिले गत २० साउनमा चारवटा प्रतिष्ठानका लागि ६-६ जनाको नाम अल्पसूचीमा राख्दै प्रस्तुतिकरण तथा अन्तर्वार्ताका लागि बोलाएको थियो ।