काठमाडौं । काठमाडौँ महानगरपालिकाले बर्खामा पानीजन्य जोखिम घटाउन पिउने प्रशोधित पानीको जारमाथिको अनुगमनलाई तीव्रता दिएको छ ।
कामपाले बर्खायाममा पानीबाट सर्ने रोगहरूको जोखिम बढ्दै गएपछि महानगरले प्रशोधित पानीको अनुगमन र कारबाहीलाई एकसाथ अघि बढाएको हो ।
असार र साउन महिनामा मात्रै १३९ वटा गाडीको जाँच गर्दा ४५६ वटा फोहोर, कुच्चिएका र मापदण्ड नपुगेका जारहरू बरामद गरी नष्ट गरेको कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपाने जानकारि दिए । अनुगमनका क्रममा त्रुटि पाइएका पानी उत्पादक कम्पनीलाई मापदण्डविपरीत प्रशोधित पिउने पानीका जार बिक्री वितरण नगर्न, जारमा स्पष्ट विवरण खुलेको लेबल राख्न, कम्पनीले जारी गरेको बिलबिजक गाडीमै लिएर हिँड्न निर्देशन दिइएको पनि न्यौपाने जानकारी दिए ।
बर्खा याममा पानीजन्य रोगहरूको जोखिमलाई मध्यनजर गर्दै हामीले प्रशोधित पिउने पानीको गुणस्तरमा विशेष ध्यान दिएका छौँ’ न्यौपानेले भने( ‘मापदण्ड विपरीतका जारहरूले तिम्रो स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ। त्यसैले हामीले यस्ता जारहरू तत्काल जफत गरी नष्ट गर्ने र कम्पनीहरूलाई कडा निर्देशन दिने काम गरिरहेका छौँ ।’
बर्खामा पानीजन्य जोखिम घटाउन पिउने पानी उत्पादन, ढुवानी तथा वितरण प्रणालीमा नियमित अनुगमन गरिरहेको छ । अनुगमनका क्रममा कामपाले पानी भित्राउने विभिन्न नाकामा टोली परिचालन गरी सहरवासीलाई पिउने पानीको आवश्यकता पूरा गराउन प्रशोधित पानीको सेवा दिने व्यवसायीका सवारीसाधन, पिउने पानीको जारको नियमित अनुगमन गरेको जनाएको छ ।