नेपालमा मिर्गौला रोगीका बिरामी हरेक बर्ष बढेका छन् । सुरुवाती चरणमा प्रायः खासै लक्षण नदेखिने भएकाले पनि यो रोगका विरामी बढिरहेका हुन् । स्वस्थ मिर्गौलाले शरीरमा पानी, नुन, हर्मोनको मात्रालाई मिलाउ छ। नेपालमा मिर्गौला फेल हुनुमा मधुमेह र उच्च रक्तचापप्रमुख कारण बनेका छन् । मिर्गौला रोगको कारण वर्षेनी हजारौंको मृत्यु हुने गरेको छ । दुवै मिर्गौला पूर्ण रूपमा बिग्रेमा बिरामीसँग जीवनभर डायलिसिस गरेर बस्ने या मिर्गौला प्रत्यारोपण गर्ने विकल्प मात्र बाँकी रहन्छ। के हो त मिर्गौला रोग ? यो कसरी लाग्छ ? र यसबाट कसरी बच्ने ? यसै बारेमा न्यूरो कार्डियो एण्ड मल्टिस्पेशिलिटी हस्पिटलका डीएम नेफ्रोलोजी डा. गौरव क्षेत्रीसँग महिला स्वास्थ्यका लागि शान्ति शर्माले गरेको कुराकानी आधारित् :
मिर्गौलाको मुख्य काम रगतलाई फिल्टर गरेर टक्सिन (विषाक्त) वस्तुलाई पिसाबको माध्यमबाट बाहिर निकाल्नु हो । यसले क्याल्सियम, भिटामिन डि को मेटाबोलिज्म मिलाउने, सोडियम पोटासियमको ब्यालेन्स गर्ने, शरीरमा पानीको मात्रा मिलाउने, ब्लड प्रेसरको मात्रालाई मेन्टेन गर्ने यसको साथै मिर्गौलाले उत्पादन गर्ने एरिथ्रोपाइइटिन हर्मोनले रगतको मात्रालाई ब्यालेन्स गर्छ। तर, जब मिर्गौलाले रगतमा भएको विषाक्तलाई फिल्टर गर्न सक्दैन, तब मिर्गौला फेल भएको आशांका गरिन्छ ।
जब मिर्गौलाले आफ्नो काम राम्रोसँग गर्न सक्दैन, तब शरीरमा धेरै किसिमका समस्या आउन थाल्छन् । मिर्गौला विग्रिनु लाई अल्पकालिन र दिर्घकालिन दुई तरिकामा हेरिन्छ । अल्पकालिन भन्नाले कुनै पनि मिर्गौलाको समस्या भएको तिन महिना ननागेको वा पहिलो चोटि देखिएको समस्या जसलाई निको बनाउन सकिन्छ त्यो अल्पकालिन समस्या भनिन्छ । तर समस्या तिन महिना भन्दा बढि भए छ क्रिएटिनिन बढि रहेछ, मिर्गौला साईज घटि रहेछ, भने त्यस लाई दिर्घकालिन समस्या भनिन्छ ।
मिर्गौलामा समस्या देखिने प्रमुख कारणहरू
मिर्गौलामा समस्या देखिनुका धेरै कारण हुन्छन्। यी कारणहरू जीवनशैली, रोग, अनुवांशिकता, औषधि सेवन, र संक्रमणसँग सम्बन्धित हुन सक्छन्।
- मधुमेह
- उच्च रक्तचाप
- प्रोटिन बग्ने रोगबाट हुने CGN - Chronic Glomerulonephritis
- Chronic Interstitial Nephritis (दीर्घकालीन इन्टरस्टिसियल नेफ्राइटिस) - अत्यधिक औषधिको प्रयोग गर्ने व्पक्तिमा देखिने समस्या
- ADPKD -मिर्गौलामा पानिको फोकाले गर्दा हुने समस्या
- वंशानुगत
लक्षणहरू
मिर्गौलामा समस्या हुँदा सुरुवाती चरणमा प्रायः खासै लक्षण देखिँदैन। तर, मिर्गौला रोग गम्भीर बन्दै जाँदा केही लक्षणहरू देखिन थाल्छन्। यी लक्षणहरू देखा परेमा तुरुन्तै स्वास्थ्य परीक्षण गर्नु अत्यावश्यक हुन्छ।
मिर्गौलाको समस्या देखिने सामान्य अवस्थाहरू र लक्षणहरू
- बारम्बार थकान लाग्ने
- शरीर सुन्निनु (मुख, खुट्टा)
- उच्च रक्तचाप
- भोक नलाग्ने, वाकवाकी
- साँस फेर्न गाह्रो हुनु
- रगतको कमी (एनिमिया)
- पिठ्यु वा कम्मर दुखाइ
- पिसाबमा समस्या
– पिसाब कम आउनु वा धेरै आउनु
– पिसाब गर्दा पोल्ने
– पिसाबमा रगत देखिनु
– झागयुक्त पिसाब (प्रोटिन आएको संकेत)
मिर्गौलामा के कस्ता खालका समस्याहरू देखिन्छन्
- मिर्गौलाको पत्थरी
- मिर्गौलाको संक्रमण
- नेफ्रोटिक सिन्ड्रोम / नेफ्राइटिक सिन्ड्रोम
- क्रोनिक किड्नी डिजिज
- एक्युट किड्नी इन्जुरी
- पोलिसिस्टिक किड्नी डिजिज
- ESRD (End Stage Renal Disease)
उपचार विधिहरू
यसको उपचार रोगको प्रकार, गम्भीरता, कारण र बिरामीको अवस्थामा निर्भर हुन्छ। केही अवस्थामा सानो औषधि र जीवनशैली परिवर्तनले समस्या समाधान हुन्छ भने केही अवस्थामा डायलाइसिस वा मिर्गौला प्रत्यारोपण आवश्यक पर्न सक्छ।
प्रारम्भिक चरणका मिर्गौला रोगहरूमा प्राथमिक विकल्प भनेको औषधि उपचार हो। जसमा
- रक्तचाप नियन्त्रण गर्ने
- मधुमेह नियन्त्रण गर्ने
- मिर्गौला सुजन घटाउने औषधि
- एनीमिया सुधार गर्ने औषधि वा इन्जेक्सन
डायलाइसिस
दिर्घकालिन रुपमा मिर्गौला विग्रि पछि रिपोट नराम्रो आएमा औषधि बहेको एउटा उपचार विधि डायलासिस हो। शरीरबाट विषाक्त पदार्थ, पानी र अपशिष्ट निकाल्न डायलाइसिस आवश्यक हुन्छ। रोगको प्रकार, गम्भीरता र बिरामीको अवस्था हेरि डायलाइसिस गरिन्छ । कुनै बेला बिरामिलाई केहि समयका लागि आवस्यक पर्छ भने रोगको गम्भीरता हेरि र यदि डायलासिस गर्दागर्दै पनि तीन महिनासम्म अथवा बिरामीको अवस्थामा सुधार भएन भने दिर्घकालिन रुपमा पनि डायलाइसिस आवश्यक हुन्छ।
कुन अवस्थामा डायलासिस आवश्यक पर्छ ?
- दिर्घकालिन मृगौला रोगिलाई औषधिले उपचार गर्दा गर्दै पनि लक्षण र रिपोट नराम्रो आएमा भने डायलासिस गर्न जरुरि हुन्छ । कुन अवस्थामा बिरामिलाई डायलासिस जरुरि हुन्छ भन्दा
- स्ँवा स्ँवा बढयो भने इमर्जन्सीमा डायलासिस सुरु गर्नुपर्छ ।
- बिरामि अत्याधिक मात्रामा सुनिएमा वा खुट्टा सहन नस्कने गरि सुनिए डायलासिस सुरु गर्नुपर्छ ।
- शरिरमा नुनको तत्व (पोटासियम) धेरैमात्रा भए ज्यान पनि जान सक्छ, त्यसैले यदि रिपोटमा पोटासियम बढिरहेको छ भने पनि डायलासिस सुरु गर्नुपर्छ ।
- शरिरमा एसिडको मात्रा धेरै बढि रहेको अवस्थामा पनि डायलासिस सुरु गर्नुपर्छ ।
- क्रिएटिनिनको मात्रा (१० भन्दा माथि १२, १४) बढिरहेछ भने डाक्टरले जिएफआर फरमुला लगाएर एउटा भ्यालु निकालिन्छ जसबाट मिर्गौलाले कति काम गरेछ थाहा हुन्छ । यो भ्यालुसामान्य मान्छेमा १०० हुन्छ तर मिर्गौला बिरामिको कम हुदै जान्छ र यो बिरामिको १० भन्दा कम भए पनि डायलासिस सुरु गर्नुपर्छ । यो क्रिएटिनिन बढेपछि मात्र थाहा हुन्छ ।
मिर्गौला प्रत्यारोपण
डायलासिस भनेको बिरामीको आवश्यकता हो भने प्रत्यारोपण बिरामीको हकको कुरा हो। प्रत्यारोपण गर्ने कुनै उमेर हुँदैन् तर, कुनै अपवाद बाहेक सबै उमेर समूहले प्रत्यारोपण गर्न सकिन्छ । ४० वर्षभन्दा कम उमेरको व्यक्तिलाई प्रत्यारोपणलागि बढी प्रोत्साहन गरिन्छ।
त्यसअघि मिर्गौला प्रत्यारोपण गर्नुपरेमा छिमेकी मुलुक भारत र अन्य मुलुक जानुपर्ने अवस्था थियो । पैसा हुनेले विदेश गएर उपचार गर्ने गरे पनि पैसा नहुनेले भने स्वदेशमा राम्रो उपचार नपाउँदा अकालमै मृत्युवरण गर्नुपरेको हुन्थ्यो । तर पछिलो समय मिर्गौला प्रत्यारोपण सेवाको विस्तार मात्र नभई यसमा धेरै सफलता प्रप्त भएको छ । हाल नेपालमा जटिल खालका मिर्गौला प्रत्यारोपण पनि सम्भव रहेको छ । मिर्गौलाका उपचारका लागि विश्वका विकास भएका सबै प्रविधि अहिले नेपालमा भित्रिएका छन् ।
बच्ने उपाए
- स्वस्थ जीवनशैली अपनाउने
- मधुमेह र रक्तचाप नियन्त्रणमा राख्ने
- चिकित्सकको सल्लाहमा मात्र पेनकिलर वा एन्टिबायोटिक प्रयोग गर्ने
- धेरै पानी पिउने (दिनमा कम्तिमा २.५–३ लिटर)
- धूम्रपान र मद्यपान नगर्ने
- नियमित व्यायाम गर्ने
- नुनको सेवन कम गर्ने
- प्रशस्त मात्रामा फलफूल, सागपात खाने
- जंक फूड नखाने
- नियमित स्वास्थ्य परीक्षण गर्ने
परिवारमा मिर्गौला रोग भएका व्यक्ति, मधुमेहका रोगी, उच्च रक्तचाप भएका व्यक्ति, मिर्गौलामा पत्थरी भएका व्यक्तिले मिर्गौलाको नियमित जाँच गर्नुपर्छ । चिकित्सकको सल्लाह विना औषधि प्रयोग नगर्ने, यस्ता रोग सुरुको अवस्थामा पत्ता लागेमा अधिकांश रोग निको हुन्छ । कुनै रोग नलागे पनि ३० वर्षभन्दा माथिका व्यक्तिले आफ्नो स्वास्थ्य परीक्षण गर्ने गर्नुपर्छ ।
समयमै मिर्गौला रोग पत्ता लगाउन सके कम खर्चमा मिर्गौला रोगको उपचार गरी मिर्गौला रोग पूर्ण रूपमा निको हुने हुन्छ । मिर्गौला फेल भएपछि गरिने उपचार पद्दति ज्यादै महंगो भएकाले मिर्गौला रोग लाग्न नदिनु वा समयमै पहिचान गरी त्यसको उपचार गर्दा यसको जोखिमबाट बच्न सकिन्छ । त्यसैले मिर्गौला रोगको जोखिममा रहेका बिरामीले यसको नियमित परीक्षण गर्नुपर्छ ।