काठमाडौं । चारवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त भएका छन्।
मंगलबार कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विपी कोइराला स्वास्थ्य विज्ञान, पाटन स्वास्थ्य विज्ञान, पोखरा स्वास्थ्य विज्ञान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपकुलपति नियुक्त गरेका हुन् ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्राडा विक्रम प्रसाद श्रेष्ठ उपकुलपति भएका छन् । भने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राडा बुद्धि पौडेल उपकुलपति नियुक्त भएका छन् । यस्तै पोखराका उपकुलपति डा भरत खत्री र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि डा पुजन कुमार रोकाया नियुक्त भएका छन्।