चितवन । चितवनका तीन जनामा जापानिज इन्सेफ्लाइटिस (जेई) को सङ्क्रमण देखिएको छ ।
स्वास्थ्य निर्देशनालय हेटौँडाका कीट नियन्त्रक उत्तम प्याकुरेलका अनुसार सन् २०२५ यता बागमती प्रदेशमा चार जनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण देखिएको छ ।
सन् २०२४ मा बागमती प्रदेशका सात जनामा यो रोगको सङ्क्रमण देखिएको थियो । अहिले यो रोगको सङ्क्रमण देखिने समय भएकाले सबैलाई सजग रहन उनले आग्रह गरे। यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य सरुवा रोग हो ।
यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य सरुवा रोग हो । यो लामखुट्टेले सङ्गुर, बङ्गुर, हाँस जस्ता पशुपक्षीलाई टोक्यो भने सर्दछ । मानिसबाट मानिसमा यो रोग नसर्ने उनले बताए । यस रोगको सङ्क्रमण भएमा अचानक उच्च ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, शरीर काम्ने, घाँटी अररो हुने, बेहोस हुने लक्षण देखा पर्छ । यो रोग लागेपछि पक्षघात हुने, अपाङ्गता हुने र अन्त्यमा मृत्युसमेत हुन सक्दछ । यो रोग लागेको कुनै लक्षण देखिनासाथ बिरामीलाई नजिकको अस्पतालमा लगेर उपचार सुरू गर्न ।