काठमाडौं । बसुन्धरास्थित ईशान बाल तथा महिला अस्पतालले आफ्नो ३० वर्ष पार गरेर ३१ औं वर्षमा प्रवेश गरेको छ। अस्पतालले शनिबार ३०औँ वार्षिकोत्सव मनाएको छ ।
विसं २०५२ सालमा कृष्णाअष्टमीकै दिन पारेर नेपालकै पहिलोे गैरसरकारी बाल अस्पताल ईशान बाल नर्सिङ्ग होम, १५ शैया क्षमताको महाराजगंज चोकबाट शुरु भएको हो । उक्त समय देखि नै विशेषज्ञ चिकित्सकहरुबाट उत्कृष्ट विशेषज्ञ सेवा दिदै आफनो स्थायित्व कायम गर्न सफल भएको छ ।
१५ बेडबाट सुरु भएको यस अस्पतालले अहिले आफ्नो सेवा र क्षेत्र विस्तार गर्दै एक सय बेडको सुविधा सम्पन्न अस्पताल बनाउन सफल भएको अस्पतालका निर्देशक प्राडा रामनन्दन प्रसाद चौधरीले बताए। डा चौधरीले आजको कार्यक्रमबाट आफ्ना कर्मचारीलाई उनिहरुको काम र साथले नै यहाँ सम्म पुगेको भन्दै धन्याबाद व्यक्त गरेका छन् ।
अस्पतालले बिरामी तथा वातावरण मैत्री आफ्नै आधुनिक भवनमा अन्तराष्ट्रिय मापदण्डको बाल, महिला तथा वयस्कहरुका लागि बहु विशेषज्ञ सेवाहरु दिईरहेको जानकारी गराउन चाहन्छु । साथै यस अस्पतालले आईएसओ गुणस्तर प्राप्त गरेको पनि पनि जानकारी गराउन चाहन्छु,’ निर्देशक डा चौधरीले भने ।
अहिले अस्पतालले आफनै सुविधा सम्पन्न अस्पतालबाट सेवा तथा क्षमता वृद्धि गर्दै बालरोग, बाल सर्जरी, बाल युरोलोजी, बाल कार्डियोलोजी, बाल नेफ्रोलाजी लगायत महिला तथा वयस्कका अन्य विशेषज्ञ सेवाहरु विस्तार गर्दै लगेको उनले जनाए।
यसका साथै अस्पतालमा हरेक दिन जनरल बाल रोग, नवजात शिशु उपचार सेवा, शिशु तथा बाल शल्यव्रिmया, बाल हाडजोर्नी सेवा, स्त्री तथा प्रसुती सेवा, विशेषज्ञ सेवाहरु स् बाल नाक, कान, घाँटी, बाल आँखा रोग, बाल दन्त रोग सेवा उपचार, बाल हेमाटोलोजी–अनकोलोजी उपचार सेवा उपलव्ध छ । यस्तै बाल ग्यास्ट्रो इन्टेरोलोजी, बाल इन्डोस्कोपी, कोलोनोस्कोपी, बाल न्युरोलोजी, बाल कार्डियोलोजी, बाल एलर्जी, बाल नेफ्रोलाजी, बाल पल्मोनोलोजी लगायतका सेवाका साथै सबै ९निजी तथा सरकारी० खोप सेवाहरु उपलव्ध गराएको डा. चौधरीले बताए ।
निकट भविष्यमा १०० शैयाको सेवा सुबिधाहरुको लागि पूर्वाधार तयार गर्ने योजना रहेको पनि उनले बताए । सो अवसरमा अस्पतालमा कार्यरत उत्कृष्ठ कर्मचारीहरुलाई पुरस्कार तथा प्रशंसा पत्र सहित सम्मान गरिएको थियो ।