काठमाडौं । चिकित्सा शिक्षा सुधार अभियन्ता डा। गोविन्द केसीले सरकारले निजी मेडिकल कलेजलाई फाइदा पुग्ने निर्णय तुरुन्त फिर्ता लिन माग गरेका छन्।
आयोगले निजी मेडिकल तथा डेन्टल कलेजहरूमा उल्लेख्य संख्यामा सिट वृद्धि गर्ने निर्णय गरेकोप्रति शनिबार विज्ञप्ति जारी गरेर उनले असन्तोष जनाउँदै उनले सत्याग्रह ९अनसन०सहितको आन्दोलन गर्ने चेतावनी दिएका छन्।
डा। केसीका अनुसार गुणस्तरीय स्वास्थ्य सेवा पाउनु सबै नेपालीको प्राकृतिक अधिकार भए पनि नेताहरू, माफिया र पैसावालहरूको स्वार्थका कारण यो अधिकारबाट आमजनता बञ्चित भइरहेका छन् । ‘गुणस्तरीय स्वास्थ्य सेवाको आधार गुणस्तरीय चिकित्सा शिक्षा हो,’ उनले भने, ‘विद्यार्थी संख्या वृद्धि गर्दा गुणस्तर घट्छ, बढ्दैन ।’
उनले त्रिवि जस्ता सार्वजनिक संस्थामा सिट कटौती गरिएको तर निजी मेडिकल कलेजलाई १३० सिट दिने निर्णय मुनाफामुखी रहेको बताए। मागहरू सम्बोधन नभए पुन: सत्याग्रहसहित आन्दोलनमा जाने चेतावनी उनले दिएका छन्।