चितवन । जापानीज इन्सेफ्लाईटिसबाट तीन जनाको मृत्यु भएको छ ।
जनस्वास्थ्य कार्यालयका अनुसार गत साउन २३ देखि भदौ ३ गते सम्मको नमूना परीक्षणमा नौ जना सङ्क्रमित फेला परेका थिए । जसमध्ये तीन जनाले ज्यान गुमाएका छन् ।
यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट सर्छ । यस रोगको संक्रमण भएमा अचानक उच्च ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, शरीर काम्ने, घाँटी अररो हुने, बेहोस हुने लक्षण देखा पर्छ। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्गता हुने र अन्त्यमा मृत्युसमेत हुन सक्दछ। यो रोग लागेको कुनै लक्षण देखिनासाथ बिरामीलाई नजिकको अस्पतालमा लगेर उपचार सुरू गर्न जनस्वास्थ्य कार्यालय चितवनले आग्रह गरेको छ।