काठमाडौँ । जापानिज इन्सेफलाइटिस्बाट सन् २०२५ को हालसम्म ६३ जनामा जापानिज इन्सेफलाइटिस् देखिएको छ भने ११ जनाको निधन भएको छ ।
मृत्यु हुनेमा तेह्रथुम, बारा, मोरङ, झापा, नवलपरासी पश्चिम, कैलाली, प्युठान र अर्घाखाँचीका एकरएक जना र चितवनका तीन जनाको हुन् ।
स्वास्थ्य सेवा विभागका अनुसार हालसम्म २४ जिल्लामा ५० वटा स्थानीय तहमा यसको देखिएको छ । २४ वटा स्थानीय तहलाई उच्च जोखिमको रूपमा लिइएको छ । यो रोग विशेषगरी साउनदेखि कात्तिकसम्म बढी देखिन्छ । सन् २०२४ मा जापानिज इन्सेफलाइटिस्बाट २५ जनाको निधन भएको थियो भने ८६ जनामा सङ्क्रमण भएको विभागले जनाएको छ ।