बाजुरा । सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा २८८ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार संक्रमितमध्ये सबैभन्दा बढी कैलालीमा ६५ जना, अछाममा ४१ र कञ्चनपुरमा ३२ जना रहेका छन्। हिमाली जिल्ला दार्चुलामा ४, बाजुरामा १८ र डडेलधुरा, डोटी, बझाङ तथा बैतडीमा गरेर ८८ जना संक्रमित भएका छन्।
निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीका अनुसार डेङ्गीको प्रकोप असारदेखि कार्तिकसम्म बढी हुने भएकाले विशेष सतर्कता आवश्यक छ। एडिस एजिप्टाई नामक पोथी लामखुट्टेको टोकाइबाट सर्ने यो रोग रोकथामका लागि घर वरिपरिको पानी जम्न नदिने र सरसफाइमा ध्यान दिनुपर्ने उनले आग्रह गरे।
दुई वर्षअघि डेङ्गीका कारण सुदूरपश्चिममै तीन जनाको मृत्यु भएको थियो। स्वास्थ्यकर्मीहरूका अनुसार लामखुट्टेको टोकाइबाट बच्न सचेतना र सतर्कता नै यसको सबैभन्दा प्रभावकारी रोकथाम हो, तर नागरिकस्तरमा अझै चेतना अभाव देखिँदा चुनौती कायम रहेको छ।