वीरगञ्ज । पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तोयनारायण सुवेदीले वीरगञ्ज र आसपासका क्षेत्रमा देखिएको हैजा नियन्त्रणका लागि सामूहिक प्रयास अपरिहार्य भएको बताएका छन्।
हालै मात्र पर्सामा पदस्थापन भएका सुवेदीले आइतबार पत्रकारसँगको भेटमा हैजासँग जुध्न सबै पक्ष जुट्नुपर्नेमा जोड दिए। “हामी संवेदनशील भएर रोकथाम र नियन्त्रणमा लागेका छौँ,” उनले भने, “अहिलेसम्म देखिएका संक्रमितको अवस्था नियन्त्रणयोग्य छ।”
उनका अनुसार हैजाका विरामीको उपचारसँगै सचेतनामूलक गतिविधि पनि सञ्चालन भइरहेको छ। अस्पतालमा उपचारपछि धेरै संक्रमित निको भई घर फर्किएको जनाउँदै सुवेदीले भने, “सबै मिलेर हातेमालो गर्न सके हैजा नियन्त्रण सम्भव छ।”