झापा । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा क्यान्सर, मिर्गौला, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेन एनिमियाजस्ता रोगका बिरामीलाई रु ८ करोड ८५ लाख आर्थिक सहायता वितरण गरेको छ।
स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा.केनिन राईका अनुसार १,७१५ बिरामीले सहायता पाएका छन्। तीमध्ये १,६६० जनाले रु ५० हजारका दरले र मिर्गौला प्रत्यारोपण गराएका ५५ जनाले रु १ लाखका दरले रकम पाएका हुन्।
चालु आर्थिक वर्ष २०८२/८३ मा भने बजेट अभावका कारण मन्त्रालयले नयाँ सहायताको व्यवस्था नगरेको र अब निःशुल्क स्वास्थ्य बिमा तथा नवीकरणमा जोड दिइने जनाइएको छ।
प्रदेशमा कडा रोगीलाई आर्थिक सहायता वितरण २०७९/८० बाट सुरु भएको हो।