वीरगञ्ज । नारायणी अस्पतालमा हाल हैजाबाट संक्रमित ६४ जना बिरामी उपचाररत छन्। अस्पतालका अनुसार भदौ ६ देखि ११ गतेसम्म २२६ जना झाडापखालाका बिरामी आएमा १६२ जना निको भएर फर्किएका छन्।
बुधबारसम्म गरिएको ११० जनाको आरडिटी परीक्षणमध्ये ४८ जनामा हैजा पुष्टि भएको छ। नमूना कल्चर परीक्षणमा १२ जनामा ‘भिब्रिओ कोलेरा’ भेटिएको अस्पतालले जनाएको छ। हाल ६ जनाको सघन उपचार भइरहेको छ।