अछाम । छाउगोठमा सुतेका दुई जनाको भीरबाट खसेको ढुङ्गाले किचेर मृत्यु भएको छ भने अन्य एक जना घाइते भएकी छन् ।
अछामको पञ्चदेवल विनायक–८ सेलापानीमा छाउगोठमा सुतेकी ३५ वर्षीया निम खनाल र मङ्गलसेन–६ की ७ वर्षीया बालिका कविताको भीरबाट खसेको ढुङ्गाले किची मृत्यु भएको छ । घटनामा कविताकी आमा घाइते भएकी छन् भने उनलाई स्वास्थ्यचौकीमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।