काठमाडौँ । भारतमा बसेर नेपालीको मिर्गौला तस्करी गर्दै आएका सिन्धुपाल्चोकका श्यामकृष्ण भण्डारी र सुजन भारतीलाई प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार भण्डारी यसअघि पक्राउ परेका मिर्गौला तस्करी नाइकेमध्ये अहिलेसम्मकै ठूलो हुन् ।
ब्युरोले उनीहरूलाई दिल्लीबाट नेपाल ल्याई नियन्त्रणमा लिएको हो । अनुसन्धानमा भण्डारीले सात वर्षयता २५ भन्दा बढी नेपालीको मिर्गौला बेचेको स्वीकार गरेका छन् ।
यसअघि पनि भण्डारीकै समूहका अन्य सदस्यहरू नेपालमा पक्राउ परेका थिए । प्रहरीका अनुसार समूहले सयौँ नेपालीलाई भारतका विभिन्न सहरमा मिर्गौला बेच्ने कार्यमा संलग्न गराएको छ ।