गुल्मी । गुल्मी अस्पतालमा प्रसूति सेवा लिने महिलाको सङ्ख्या पछिल्लो तीन वर्षमा उल्लेखनीय रूपमा बढेको छ । २०७९/८० मा ६५१, २०८०/८१ मा ४०७ र २०८१/८२ मा ७१४ महिलाले प्रसूति सेवा लिएका अस्पतालका तथ्याङ्कले देखाएको छ ।
अस्पतालका डा। विभव बस्यालका अनुसार सेवा विस्तार, दक्ष जनशक्ति र जनचेतनामूलक कार्यक्रमका कारण मातृ स्वास्थ्य सेवाप्रति विश्वास बढेको हो । अहिले अस्पतालले सुत्केरी कक्ष, निःशुल्क प्रसव, नवजात शिशु हेरचाहदेखि आकस्मिक सिजेरियन सेवा पनि दिइरहेको छ ।
यससँगै गुल्मी अस्पतालले स्वास्थ्य सेवाका न्यूनतम मापदण्ड मूल्याङ्कनमा ९१ प्रतिशत अंक ल्याएर लुम्बिनी प्रदेशमै अब्बल अस्पतालको मान्यता पाएको छ । भौतिक संरचनाको अभावबीच पनि सेवामा सुधार ल्याएको अस्पतालको नयाँ पाँचतले भवन ९० प्रतिशत काम सकिएर अन्तिम चरणमा पुगेको छ ।
स्थानीयवासीले प्रसूति सेवामा भएको वृद्धिले मातृ स्वास्थ्य सुधार र सरकारी अस्पतालप्रति बढ्दो भरोसा पुष्टि गरेको बताएका छन् ।