काठमाडौं । महिलास्वास्थ्य डटकमको आयोजनामा ‘इन्टर हस्पिटल फुटसल च्याम्पियनसिप २०२५’ भाद्र २० बाट सुरु हुने भएको छ । ‘खेल खेलौ, स्वस्थ बनौ’ भन्ने मुल नाराका साथ सुरु हुन लागेको प्रतियोगिता काठमाडौंको धन्वन्तरी फुटसलमा दुई दिन सम्म चल्नेछ ।
उक्त प्रतियोगिता काठमाडौं उपत्यकाका अन्नपूर्ण न्युरो अस्पताल, सिभिल सर्भिस अस्पताल, नर्भिक इन्टरनेशनल अस्पताल, मार्क इन्टरनेशनल किडनी सेन्टर, ह्याम्स अस्पताल, एभरेष्ट अस्पताल, ओम समाज डेन्टल हस्पिटल, मध्यपुर अस्पताल, नर्भिक फार्मेसी, ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, काठमाडौँ मेट्रो हस्पिटल , एभरेष्ट फार्मेसी, नेपाल एपीएफ हस्पिटल, सुमेरु सिटी हस्पिटल, राष्ट्रिय ट्रमा सेन्टर, अल्का अस्पताल र काठमाडौँ मोडेल हस्पिटल गरि १७ वटा हस्पिटलको सहभागिता रहने छ ।
लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टिमलाई ४ समूहमा विभाजन गरिने छ। प्रतियोगिताको विजेताले उपाधि सहित नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
फुटसल सम्पन्न गराउनका लागि मुख्य प्रायोजकमा यतिकेम ग्रुप छ भने प्रायोजक नेपाल औषधि उत्पादक संघ, नेपाल आयल निगम र नेपाल दन्त सामग्री वितरकहरुको संघ (एनडिडिए) रहेको छ । हस्पिटल पार्टनरमा कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्र ,बैकिङ पार्टनरमा एनएमबी बैंक तथा मेडिकल पार्टनरमा एभरेष्ट हस्पिटल रहेको छ ।
कार्यक्रमलाई नेपाल टेलिकम, लेजर थेरापी क्लिनिक, मेटेनिटी पसलले सपोर्ट गरेका छन् ।