काठमाडौं । सिरहा प्रादेशिक अस्पतालमा भेन्टिलेटर नहुँदा सर्पदंश पीडित ५५ वर्षीय किसान राजेन्द्र यादवको मृत्यु भएको छ। उपचारमा ढिलाइ र रेफर प्रक्रियाप्रति परिवार तथा स्थानीय आक्रोशित बनेका छन्।
घटनापछि स्थानीयवासीले अस्पताल र बजार क्षेत्रमा विरोध प्रदर्शन गर्दै चिकित्सकमाथि कारबाही, सर्पदंश उपचारको व्यवस्था, र तत्काल आइसियु–भेन्टिलेटर स्थापना गर्न माग गरेका छन्।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। सुनिलप्रसाद कुशवाहाले आवश्यक भेन्टिलेटर नभएकाले रेफर गर्नुपरेको स्वीकार गरेका छन्।