वीरगञ्ज । वीरगञ्जमा पछिल्ला दुई हप्तादेखि फैलिएको झाडापखाला र हैजा सङ्क्रमण नियन्त्रणतर्फ उन्मुख भएको छ।
महानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार पछिल्लो २४ घण्टामा २ जनामा मात्रै हैजा पुष्टि भएको छ भने झाडापखालाका १२ बिरामी अस्पताल भर्ना भएका छन्। यसअघि दैनिक सयजना नजिकै बिरामी देखिए पनि अहिले सङ्ख्या न्यून बन्दै गएको छ।
नारायणी अस्पतालका डा. उदयनारायण सिंहका अनुसार हैजा पुष्टि भएको १२ दिनयता सङ्क्रमण दर ६० प्रतिशतले घटेको छ। हाल १६ बिरामी उपचाररत छन्, जसमध्ये २ जना मात्रै आइसियुमा छन्।
यसबीच, बन्द रहेका शैक्षिक संस्था आजदेखि सञ्चालनमा आएका छन्। हालसम्म १८२ जना संक्रमितमध्ये १७५ जना निको भइसकेका छन् भने ६ जनाको उपचार जारी छ।
स्वास्थ्यकर्मीहरूले व्यक्तिगत सरसफाइ, उमालेको पानीको प्रयोग र नियमित हातधुने बानीलाई प्रमुख उपायका रूपमा सुझाव दिएका छन्। महानगरले क्लोरिनेसन, ट्याङ्की सफाइ, जनचेतना कार्यक्रम र स्ट्रिट फुडमा प्रतिबन्धलगायत कदम चालेको छ।
विशेषज्ञहरूले दीर्घकालीन नियन्त्रणका लागि आधारभूत पूर्वाधार र सरसफाइ सुधारलाई अपरिहार्य बताएका