काठमाडौं । सरकारले सूचीकरणको दायरामा नआएका सामाजिक सञ्जालहरूलाई चरणबद्ध रूपमा बन्द गर्ने निर्णय गरेको छ। बिहीबार सञ्चार मन्त्रालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै यस्तो कदम चालिएको जनाएको छ। मन्त्रालयको विज्ञप्तिअनुसार सूचीकरण नगरेका प्लेटफर्म नेपालभर सञ्चालन गर्न नदिइने छ।
ती सञ्जाल सञ्जालक कम्पनीलाई मन्त्रालयले पत्र पनि लेख्दैछ । आजै रातिदेखि लागू हुने गरी मन्त्रालयले सूचीकरणमा नआएका सामाजिक सञ्जालमाथि रोक लगाउने निर्णय गरिएको एक अधिकारी बताउँछन् । यद्यपि, सूचीकरण पूरा गरेपछि ती सञ्जालहरू पुनः सञ्चालनमा आउने व्यवस्था गरिएको मन्त्रालयले स्पष्ट पारेको छ।