काठमाडौं । महिलास्वास्थ्य डटकमको आयोजनामा ‘इन्टर हस्पिटल फुटसल च्याम्पियनसिप’ अन्तर्गतको लिग आउट चरणको तथा क्वाटर फाइनलका खेल सम्पन्न भएको छ ।
लिग आउट चरणबाट क्वाटर फाइनलमा ८ टिम पुगेका थिए । जसमा अन्नपूर्ण न्युरो अस्पताल, मध्यपुर अस्पताल, अल्का अस्पताल, नर्भिक इन्टरनेशनल अस्पताल, एभरेष्ट अस्पताल, ओम समाज डेन्टल हस्पिटल, काठमाडौँ मोडेल हस्पिटल र सुमेरु सिटी हस्पिटल पुगेका थिए ।
भोली सेमीफाइनल र फाइनलका खेलहरु हुनेछन्। सेमीफाइनलमा अन्नपूर्ण न्युरो अस्पताल संग एभरेष्ट अस्पताल भिडने छ भने ओम समाज डेन्टल हस्पिटल संग मध्यपुर अस्पताल खेल्ने छ।
प्रतियोगितामा उपत्यकाका १७ सरकारी तथा नीजि हस्पिटलले सहभागीता जनाएका थिए । लिग नकआउटका आधारमा सञ्चालन भएको प्रतियोगितामा सहभागी टिमलाई ४ समूहमा विभाजन गरी सञ्चालन गरिएको थियो। प्रतियोगिताको विजेताले उपाधि सहित नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
फुटसल सम्पन्न गराउनका लागि मुख्य प्रायोजकमा यतिकेम ग्रुप छ भने प्रायोजक नेपाल औषधि उत्पादक संघ, नेपाल आयल निगम र नेपाल दन्त सामग्री वितरकहरुको संघ ९एनडिडिए० रहेको छ । हस्पिटल पार्टनरमा कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्र ,बैकिङ पार्टनरमा एनएमबी बैंक तथा मेडिकल पार्टनरमा एभरेष्ट हस्पिटल रहेको छ ।
कार्यक्रमलाई नेपाल टेलिकम, लेजर थेरापी क्लिनिक, मेटेनिटी पसलले सपोर्ट गरेका छन् ।












