काठमाडौं । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर अन्तर्गतको विकास समितिको अध्यक्षमा स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. केशर बहादुर ढकाल नियुक्त भएका छन्। स्वास्थ्य मन्त्री प्रदीप पौडेलले आज उनलाई पदस्थापन गरेका हुन्।
मानव अंग प्रत्यारोपण विकास समिति (गठन) आदेश, २०६८ बमोजिम चार वर्षका लागि नियुक्त डा. ढकाल यसअघि मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा हेर्दै आएका थिए। पूर्व सचिव डा. रोशन पोखरेल अवकाश पाएपछि अध्यक्ष पद खाली भएको थियो।