नवलपरासी । जापानीज इन्सेफलाइटिस सङ्क्रमणबाट बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा तीन जनाको मृत्यु भएको छ भने नौ जनामा डेङ्गी पुष्टि भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख भेषराज शर्माले जानकारी दिए।
मृत्यु हुनेहरू सबै वृद्ध पुरुष रहेकाले खोप नलगाएको कारण जोखिम बढेको बताइिएको छ। सरसफाइको अभाव र लामखुट्टे नियन्त्रणमा कमजोरीका कारण सङ्क्रमण तीव्र गतिमा फैलिएको हो।
चिकित्सकका अनुसार डेङ्गीमा उच्च ज्वरो, टाउको र स्नायु दुख्ने, खाना नलाग्ने जस्ता लक्षण देखिन्छ भने जापानीज इन्सेफलाइटिस मस्तिष्क सुन्निने, पक्षाघात र बेहोस हुने गम्भीर अवस्था ल्याउन सक्छ।
स्थानीय तहले लामखुट्टे नियन्त्रण र जनचेतनामार्फत रोग नियन्त्रणमा पहल थालेको छ।