काठमाडौं । जेनजीहरूको प्रदर्शनमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार जनाको मृत्यु भएको हो।
सबैजना रबरको गोली लागेर गम्भीर घाइते भएका थिए। कर्फ्यू जारी भए पनि आन्दोलन रोकिएको छैन र नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। प्रदर्शनमा घाइते भएकाको एभरेष्ट अस्पताल, सिभिल अस्पताल, ट्रमा सेन्टर लगाएतका अस्पतालमा उपचार भई रहेको छ ।
ट्रमा सेन्टरमा ३० भन्दा बढी र सिभिल अस्पतालमा करिब सयजना घाइते उपचाररत छन्। अस्पताल प्रशासन भवन घेरिँदा उपचारमा थप कठिनाइ भएको अधिकारीहरूले बताएका छन्। अस्पताल प्रशासनमा प्रदर्शनकारीले घेराबन्दी गरेपछि उपचार थप जटिल बनेको छ।