काठमाडौं । नयाँ पुस्ताका युवाहरू, जेन–जीले सञ्चालन गरेको आन्दोलनमा मंगलबार प्रदर्शनपछि घाइते भएका १९० जना उपचारका लागि काठमाडौंको निजामती अस्पताल ल्याइएका थिए।
अस्पतालका अनुसार, तीमध्ये ३ जनाको उपचारका क्रममा मृत्यु भएको छ भने २ जनालाई गम्भीर अवस्थाका कारण अन्य अस्पतालमा रिफर गरिएको छ।
यसअघि कालीमाटीमा प्रहरीको गोली लागेर २ प्रदर्शनकारीको ज्यान गएको थियो। सोमबारको देशव्यापी आन्दोलनमा हालसम्म १९ जनाको मृत्यु भइसकेको छ।