काठमाडौं ।
देशभर फैलिएको जेनजी आन्दोलनका क्रममा अमूल्य जीवन बलिदान दिने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै ओम समाज डेन्टल अस्पतालले एक औपचारिक वक्तव्य सार्वजनिक गरेको छ।
अस्पतालका अध्यक्ष डा। सुभाष घिमिरेद्वारा जारी वक्तव्यमा आन्दोलनका शहीदहरूप्रति गहिरो सम्मान व्यक्त गरिएको छ भने, घाइते र पीडितहरूप्रति सहानुभूति प्रकट गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
'उनिहरूको बलिदानले हामी सबैलाई एउटा नयाँ बाटो देखाएको छ—जहाँ न्याय र समानताको सूर्य उदाउनेछ,' वक्तव्यमा उल्लेख छ।
यसै क्रममा, अस्पतालले नेपाली सेनाले प्रदर्शनमा देखाएको संयम, निष्पक्षता र लोकतान्त्रिक मूल्यप्रतिको सम्मानको प्रशंसा गरेको छ। अध्यक्ष घिमिरेका अनुसार, सेनाको भूमिकाले 'देशको मानसिक र शारीरिक घाउमा मलम लगाएको छ।'
जेनजी आन्दोलनको प्रभावस्वरूप अस्पताल सञ्चालनमा केही अवरोध आए पनि, डा। घिमिरेले डाक्टर, स्वास्थ्यकर्मी तथा बिरामीहरूले भोग्नुपरेको असुविधाप्रति क्षमायाचना गर्दै अस्पतालको सेवा निरन्तरताप्रति प्रतिबद्धता जनाए।
'हामी जेनजी आन्दोलनसँगै यो देशलाई अगाडि बढाउने प्रयासमा पूर्ण रूपमा समर्पित छौं,' अध्यक्ष घिमिरेले बताएका छन्।
उनले विश्वास व्यक्त गरेका छन् कि यो कठिन समय चाँडै बित्नेछ र सबै नेपालीले मिलेर सुन्दर, समृद्ध र न्यायपूर्ण नेपाल निर्माण गर्नेछन्।