काठमाडौँ । नेपाली सेना र सुरक्षा निकायको परिचालनपछि काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। आन्दोलनपछि उत्पन्न तनावलाई नियन्त्रण गर्न सुरक्षाकर्मीहरू चोक–चोकमा तैनाथ छन्।
नेपाली सेनाले अत्यावश्यक कामबाहेक सर्वसाधारणलाई घर बाहिर ननिस्कन आग्रह गरेको छ। साथै, ऐतिहासिक, सांस्कृतिक, धार्मिक र व्यक्तिगत सम्पत्तिको सुरक्षामा विशेष सतर्कता अपनाइएको छ।
सेनाले अवाञ्छित गतिविधि देखिए वा थाहा पाए तत्काल खबर गर्न पनि सर्वसाधारणलाई अपिल गरेको छ।
हाल सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिए पनि सर्वसाधारण र सवारीसाधनको चहलपहल न्यून छ। प्रदर्शनका क्रममा लागाइएको आगो निभाउने काममा सुरक्षाकर्मी खटिएका छन्।