काठमाडौं। जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले मृतकको संख्या ५१ पुगेको बताए । जसमा काठमाडौं उपत्यकामा मृतक भएकादेखि अन्य जिल्लाहरुको पनि जोडिएको छ ।
तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको प्रहरीले बताएको छ।
मृतकको पोस्टमार्टम सुरु
जेनजी’ आन्दोलनका मृतकहरु मध्ये ९ वटा शव त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा पोस्टमार्टमका लागि आएको छ। तर अस्पतालद्धारा डा। गोपाल चौधरीले भनेका छन् । हालसम्म ती शवहरुमा पोस्टमार्टम सुरु गरिएको छैन, किनभने प्रहरी प्रशासनले पोस्टमार्टम गर्न आवश्यक पत्र दिएको छैन। शवहरू अहिले फ्रिजमा सुरक्षित राखिएको छ। मृत्युको कारण पत्ता लगाउन शवको पोस्टमार्टम गरिन्छ । मृत शरीरको भित्री र बाहिरी अंगहरूको जाँच गरिन्छ । बाहिरी जाँच गर्दा पहिले उसले लगाएको लुगाको बारेमा वर्णन गरिन्छ ।