काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की शनिबार दिउँसो जेनजी युवाहरूको प्रदर्शनमा घाइते भएकाहरूलाई भेट्न विभिन्न अस्पताल पुग्ए। उनले सिभिल ट्रमा सेन्टरसहितका स्वास्थ्य संस्थामा उपचाररत घाइतेहरूको अवस्था बुझ्नुभयो र उनीहरूलाई सम्बोधन गर्दै मुलुकलाई निकास दिन हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
सिभिल ट्रमा सेन्टरका कार्यकारी निर्देशक प्रा। डा। मोहनचन्द्र रेग्मीका अनुसार सोमबारदेखि हालसम्म ४५७ जना घाइते अस्पतालमा आएका छन्। तीमध्ये ४४ जनालाई अन्यत्र रेफर गरिएको छ भने ३६४ जना उपचारपछि घर फर्किसकेका छन्। अस्पतालमा भर्ना भएका ४९ मध्ये ११ जना अझै उपचाररत छन्। गम्भीर घाइते एकजनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ, ४५ जनाको शल्यक्रिया र सात जनाको पुनःशल्यक्रिया गरिएको छ। निजामती अस्पतालमा उपचारको क्रममा छ जनाको मृत्यु भएको छ।
घाइतेहरूले प्रधानमन्त्रीलाई आफ्नो बलिदान व्यर्थ नजाओस् र आगामी पुस्तालाई आन्दोलन गर्नु नपरोस् भन्ने चाहना व्यक्त गरेका थिए। प्रधानमन्त्री कार्कीले जनताको पीडा र आकांक्षालाई सम्बोधन गर्न सरकार हरसम्भव लाग्ने आश्वासन दिईन्।