काठमाडौं । जेन–जी युवाहरूले प्रधानमन्त्री सुशीला कार्कीको शैलीमा मन्त्रीहरू पनि डिस्कोर्डमा खुला भोटिङमार्फत छान्ने घोषणा गरेका छन्।
यस प्रक्रियामा सर्वसाधारणले योग्य नाम प्रस्ताव गर्ने र मापदण्डअनुसार (राजनीतिबाहिरका, ५० वर्षमुनिका, सक्षम र स्वच्छ छवि भएका) उम्मेदवार छनोट हुनेछन्। सबैभन्दा धेरै भोट पाउने व्यक्ति सम्बन्धित मन्त्रालयको मन्त्री बन्नेछ।
स्वास्थ्य मन्त्रीका सम्भावित नाममा डा. सन्दुक रुइत, डा. अर्जुन कार्की, डा. जगदिश अग्रवाल, डा. गोविन्द केसी, डा. भगवान कोइराला, डा. भोला रिजाल लगायतका नाम चर्चामा छन्। प्रधानमन्त्री कार्कीले जेन–जीको मागअनुसार मन्त्रिपरिषद् गठन गर्ने प्रतिबद्धता जनाउँदै “युवाले देश चलाउने वातावरण बनाउँछु” भनेर आश्वासन दिएकी छिन्।