धादिङ । धादिङ अस्पतालमा अत्यावश्यक औषधि अभाव हुँदै जाँदा बिरामीहरू समस्यामा परेका छन्। विशेषगरी मृगौला डायलाइसिस गर्ने विरामीका लागि चाहिने औषधि नपाउँदा उपचारमै अवरोध भएको छ।
सेवाग्राहीका अनुसार अस्पताल व्यवस्थापनले औषधि आपूर्ति सुनिश्चित गर्न पहल नगरेको र निमित्त निर्देशक गगन अधिकारी राजनीतिक भेटघाटमै व्यस्त रहने गरेको आरोप छ।
निःशुल्क पाउनुपर्ने औषधि समेत बिरामीले निजी पसलबाट महँगो मूल्य तिरेर किन्नु पर्ने बाध्यता सिर्जना भएको छ।