काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा। डा। गोविन्द केसीले अन्तरिम सरकारका मन्त्री चयनका लागि भइरहेको अनलाइन मतदानबाट आफ्नो नाम हटाउन आग्रह गरेका छन्। आइतबार जारी विज्ञप्तिमा उनले कुनै पनि पद वा ओहोदामा आफूले न अघिदेखि चाहेको न अहिले चाहना रहेको र भविष्यमा पनि नहुने स्पष्ट पारेका छन्।
डा। केसीले नवयुवा पुस्ताको आन्दोलनपछि बनेको अन्तरिम सरकारलाई तार्किक निष्कर्षमा पु(याउने जिम्मेवारी प्रधानमन्त्री सुशीला कार्कीले योग्य व्यक्तिहरूको चयनमार्फत पुरा गर्ने विश्वास व्यक्त गरेका छन्।
विगतदेखि नै आम नेपालीको हकहित र विधिको शासनका लागि निरन्तर लड्दै आएका उनले देशमा व्याप्त बेथितिविरुद्ध उठेको नवयुवा पुस्ताको आवाजप्रति पूर्ण समानुभूति र ऐक्यबद्धता जनाउँदै अन्तरिम सरकारलाई आफू र आफ्नो अभियानका सहभागीहरूको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका छन्।