काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की नियमित आँखा जाँचका लागि मंगलबार तिलगङ्गा आँखा अस्पताल पुग्नुभयो। अस्पतालका वरिष्ठ नेत्रविशेषज्ञ डा. सन्दुक रुइतको टोलीले उहाँको आँखा परीक्षण गरेको अस्पताल व्यवस्थापनले जानकारी दिएको छ।
प्रधानमन्त्री कार्कीको करिब तीन महिनाअघि मोतिबिन्दुको शल्यक्रिया भएको थियो। त्यसपछि नियमित स्वास्थ्य परीक्षणको क्रममा उहाँ आज पुनः जाँचका लागि अस्पताल आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।