काठमाडौँ । आगलागीबाट क्षति पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई नयाँ संरचना खडा गर्न आवश्यक सहयोग गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) तयार भएको छ।
डब्लुएचओ नेपाल प्रमुख डा. राजेश सम्भाजीराव पाण्डवको टोलीले सोमबार मन्त्रालयको निरीक्षण गर्दै आवश्यक सहयोगबारे अधिकारीहरूसँग छलफल गरेको हो। यसअघि डब्लुएचओले जेनजी आन्दोलनमा घाइतेको उपचारका लागि सिभिल सर्विस अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरलाई ३५ वटा ट्रमा ब्याग उपलब्ध गराएको थियो।