काठमाडौं । नेपाल सरकारकाे निर्णयअनुसार जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरुको सम्मानमा आज (असोज १) देशभर सार्वजनिक बिदा दिइएको छ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिअनुसार सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा पनि आज राष्ट्रिय झण्डा आधा झुकाइ राष्ट्रिय शोक मनाइँदैछ। भदौ २३ र २४ गतेको प्रदर्शनमा ७२ जनाको मृत्यु र करिब १८०० भन्दा बढी घाइते भएका थिए।