काठमाडौँ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहायक प्राध्यापक तथा मेडिकल अन्कोलोजिस्ट डा। अरुण शाहीले ‘एक्सेलेन्स इन ग्लोबल क्यान्सर सर्भिस एन्ड आउटरिच’ अवार्ड प्राप्त गरेका छन्।
बंगलादेशको ढाकामा सेप्टेम्बर १८–१९ मा आयोजित बेस्ट अफ एस्को एन्ड एमओएसबी कंग्रेस २०२५ मा मेडिकल अन्कोलोजी सोसाइटी इन बंगलादेश (एमओएसबी)ले यो सम्मान प्रदान गरेको हो।
क्यान्सर उपचारमा समान पहुँच, बिरामी–केन्द्रित सेवा र प्रभावकारी outreach कार्यक्रममा उल्लेखनीय योगदान पुर्याएको भन्दै शाहीलाई यो अवार्ड दिइएको हो।
ढाकास्थित नेशनल इन्स्टिच्युट अफ क्यान्सर रिसर्च एन्ड हस्पिटलबाट मेडिकल अन्कोलोजीमा स्नातकोत्तर गरेका डा। शाहीले नेपालमा विपन्न तथा दूरदराजका बिरामीलाई लक्षित क्यान्सर उपचारमा महत्वपूर्ण काम गर्दै आएका छन्।