काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारका लागि पाँच मन्त्रीको नाम सिफारिस गरेकी थिइन्। तर स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा सिफारिस भएकी डा. संगीता कौशल मिश्राको नियुक्ति अन्तिम क्षणमा रोकिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा। मिश्रासम्बन्धी उजुरीको छानबिन अन्तिम चरणमा पुगेको जानकारी प्रधानमन्त्रीलाई दिएपछि सिफारिस रोकिन पुगेको हो। म्यामोग्राम मेसिन खरिदमा अनियमितता, ११औं तहको पदोन्नतिमा कागजात ‘किर्ते’ र लामो अनुपस्थितिसहितका आरोप उजुरीको विषय बनेका छन्।
डा. मिश्राले आइतबार बिहान स्वास्थ्य सचिवबाट राजीनामा दिँदै मन्त्री बन्ने तयारी गरेकी थिइन्। तर बेलुकी प्रधानमन्त्रीको सिफारिस राष्ट्रपति कार्यालय पुग्नुअघि नै अख्तियारको मौखिक सूचनाले निर्णय बदलियो।
यसबीच, अन्य चार मन्त्रीको सोमबार दिउँसो २ बजे शपथ हुने छ।
- अनिलकुमार सिन्हा : उद्योग, वाणिज्य, कानुन, भूमिसुधार
- महावीर पुन : शिक्षा, विज्ञान, प्रविधि
- डा। मदन परियार : कृषि तथा पशुपन्छी विकास
- जगदीश खरेल : सञ्चार, सूचना तथा प्रविधि
अख्तियारको सक्रियतापछि डा. मिश्राको राजनीतिक प्रवेश फिलहाल अनिश्चित बनेको छ।