काठमाडौं । चितवनमा चालु आर्थिक वर्षको साउनयता ६ जनामा औलो रोगको संक्रमण पुष्टि भएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार संक्रमितमध्ये ३ जना भरतपुर, २ जना खैरहनी र १ जना राप्तीका हुन्। ३४–४४ वर्ष उमेर समूहका ती व्यक्तिहरूमध्ये ४ जना भारत, १ जना दक्षिण कोरिया र १ जना सुनसरीबाट फर्किएका हुन्। विगत चार वर्षदेखि जिल्लामा नै बसोबास गर्नेमा भने औलो देखिएको छैन। यो रोग पोथी लामखुट्टेले टोक्दा सर्छ।