दैलेख । दैलेख जिल्ला अस्पतालमा बेड नपुग्दा बिरामीलाई म्याट र कुर्चीमा राखेर उपचार गर्न थालिएको छ। हाल ६५ शय्या सञ्चालनमा रहे पनि दैनिक १५० भन्दा बढी बिरामी आउँदा समस्या भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख मनोज विश्वकर्माले बताए।
कर्णाली प्रदेश सरकारको १८ करोड २४ लाख लागतमा चार वर्षअघि सुरु गरिएको नयाँ भवन अझै पूरा भएको छैन। तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि ठेकेदार कम्पनी क्याराभान सुपरस्टार जेभीको ढिलाइ र कानुनी अल्झनका कारण काम अघि बढ्न सकेको छैन। अस्पताल विकास समितिले म्याद थप्न नसकिने चेतावनी दिएको छ।