काभ्रे। स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पाँचखाल नगरपालिका–६ दुलालथोकस्थित प्राथमिक स्वास्थ्य केन्द्रले आजदेखि बीमाको प्रथम सेवा सुरु गरेको छ। यससँगै जिल्लामा बीमा सेवा दिने सरकारी स्वास्थ्य संस्था आठ पुगेका छन्।
केन्द्रलाई आधारभूत अस्पतालका रूपमा विस्तार गर्न आवश्यक जनशक्ति र संरचना निर्माणको तयारी भइरहेको केन्द्र प्रमुख कोपिला कार्कीले जानकारी दिइन्। यसअघि बनेपा आधारभूत अस्पताल, मण्डनदेउपुर, सुन्थान, खोपासी, पाँचखाल, धुलिखेल र मेथिनकोट अस्पताल बीमा सेवामा आबद्ध भइसकेका छन्।