काठमाडौं । स्वास्थ्य मन्त्रालयले वडादशैं, नेपाल सम्बत, तिहार र छठका लामो विदामा पनि अस्पतालहरूलाई आवश्यक जनशक्ति र स्रोत व्यवस्थित गरी सेवा जारी राख्न निर्देशन दिएको छ।
उक्त निर्देशनअनुसार अत्यावश्यक सेवा, आकस्मिक (Emergency) उपचार र शल्यक्रिया (Operation) जस्ता सेवा भने सधैंझैं निरन्तर सञ्चालन हुने मन्त्रालयले जनाएको छ। प्रदर्शनमा घाइतेको शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्दै मन्त्रालयले चाडपर्वमा पनि निरन्तर सेवा दिनेमा विश्वास प्रकट गरेको छ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता डा. प्रकाश बुढाथोकीद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य विज्ञान प्रतिष्ठान, संघीय अस्पताल र अन्य स्वास्थ्य संस्थाहरूलाई आवश्यक जनशक्ति तथा स्रोत–साधन व्यवस्थित गरी कम्तीमा आंशिक रूपमा भए पनि सेवा सञ्चालन गर्न आग्रह गरिएको छ।
